श्रद्धालु बोकेको बसलाई रेलले ठक्कर दिँदा १९ जनाको मृत्यु

  असार २०, २०७७

काठमाडौँ, असार १९ : श्रद्धालु बोकेको एक बसलाई रेलले ठक्कर दिँदा पाकिस्तानको लाहोरमा १९ जना श्रद्धालुको मृत्यु भएको छ । पूर्वी पाकिस्तानमा शिख समुदायका श्रद्धालु बोकेको एक बसमा रेलले ठक्कर दिएको हो ।

पाकिस्तानी सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनामा १९ जनाको मृत्यु र केही घाइते भएका छन् । उत्तरपश्चिमी पाकिस्तानको पेशावर शहरका श्रद्धालु बोकेको बस शैकुपुरास्थित नन्कना शाहिब तीर्थस्थलबाट फर्किँदै थियो ।

तपाईको प्रतिक्रिया