प्रदेश १ मा ३८ नयाँ काेराेना सङ्क्रमित थपिए

  असार २०, २०७७

विराटनगर, असार २० : प्रदेश १ मा शुक्रबार ३८ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । यसरी सङ्क्रमित हुनेमा चार महिला र ३४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा २८, मोरङ र उदयपुरमा पाँच-पाँच जनामा कोभिड–१९ पोजेटिभ रिपोर्ट देखिको छ ।

झापाको मेचीनगरमा १४, हल्दीबारीमा तीन, अर्जुनधारामा दुई महिलासहित आठ, विर्तामोडमा एक महिला, कनकाईमा एक महिलासहित दुई, मोरङको विराटनगरमा तीन, बेलबारी र बूढीगङ्गामा एक÷एक, उदयपुरको वेलकामा पाँच जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ६५३ पुगेको छ ।

यस्तै प्रदेशबाट शुक्रबार छ जना सङ्क्रमितको निको भई घर फर्केका छन् । घर फर्कनेमा मोरङका चार र सुनसरीका दुई जना रहेका छन् । प्रदेशमा निको हुने सङ्क्रमितको सङ्ख्या ४०६ पुगेको छ । 

तपाईको प्रतिक्रिया