बझाङ पहिरो अपेडट : दुईको शब फेला प-यो, उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा

  असार २०, २०७७

बझाङ, असार २० : जिल्लाको केदारस्यूँ गाउँपालिका ८ मल्लेसमा पहिरो गाउँमा पस्दा चार परिबारका सात जना बेपत्ता भएका मध्ये दुई जनाको शब फेला परेको छ ।

सब फेला परेकामा बेपत्ता भएकी ४४ वर्षीय रामदेवी जेठाराकी सात वषीैया छोरी अस्मिता र ११ वर्षिय छोरा प्रयाग जेठार रहेको स्थानीन अम्मर जेठाराले बताउनभयो । सो घटनामा १८ घर पहिरोले बगाएको छ । गए राती अबिरल बर्षा संगै गाउँको माथीबाट पहिरो झरेपछि सो घटना भएको हो ।

सदरमुकामबाट चार घण्टाको पैदल दुरीमा रहेको सो स्थानमा अहिले प्रहरी टोली पठाइएको र अबस्था हेरी उद्धारका लागि सदरमुकाममा हेलिकोप्टर तयारी अबस्थामा राखिएको बझाङका प्रमुख जिल्ला अधिकारी कमल राजभण्डारीले बताउनुभयो । राती एक बजे तिर माटो संगै ढुङ्गा बगाएर ल्याउन थालेपछि गाउँलेहरुको भागा भाग भएको थियो । पहिरोमा परेर चार परिबारका सात जना बेपत्ता भएका थिए ।

पहिरोमा परि बेपत्ता हुनेमा बर्ष ४४ की राम देबी जेठारा, उहाँकी १५ बर्षया छोरी शान्ति जेठारा , ७ बर्षीया छोरी अस्मिता जेठारा र ११ बर्षिया छोरा प्रयाग जेठारा रहेका थिए भने नबराज जेठाराकी ११ बर्षीया छोरी सन्तु कुमारी जेठारा , प्रेम जेठाराका २० बर्षीय छोरा गिरिजा जेठारा र ८० बर्षीय दले जेठारा रहेका थिए । वेपत्ता मध्ये अस्मिता र प्रयागको शब फेला परेको छ ।

स्थानीय अम्मर जेठारले घटनाबारे भन्नुभयो सबै भन्दा माथि मेरो घर भएकाले पहिरो आएको थाहा पाए पछि गाउँमा सबैलाई डाँको लगाएर भाग्न भने पछि सबै भागे थिए तर बेपत्ता भएका चार परिबारको घर गाउँको सबै भन्दा तल भएकाले घरबाट भागदौड गर्दा पहिरोले बगाएको उहाँको भनाई छ ।

अहिले पनि गाउँमा पहिरो बग्न रोकिएको छैन् । गाउँको वरिपरि दुई वटा खोलामा पानी बढी भएकाले प्रहरी समेत जान सकेको छैन् । प्रहरी नायब उपरिक्षक गणेश बमका सहित सदरमुकाम चैनपुरबाट प्रहरी सहित ससस्त्र प्रहरीको टोली समेत त्यस क्षेत्रमा गएको छ ।

पहिरोले घरमा भएको अन्न , लुगा कपडा , गाई , भैसी गोरुहरु लगायत १८ परिबारको धन सम्पती समेत सबै बगाएर लगेको स्थानीय नरेश जेठाराले जानकारी दिनुभयो । क्षतीको आधिकारीक बिबरण भने आउन सकेको छैन् ।

तपाईको प्रतिक्रिया