नेकपा स्थायी कमिटी बैठक २२ गतेसम्म स्थगित

  असार २०, २०७७

काठमाडौँ, असार २० : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा अ‍ोली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सहमतिकाे वातावरण बनाउन नेकपा स्थायी कमिटीको बैठक २२ गते सोमबारसम्मका लागि स्थगित गरिएको छ ।

आज बिहान ११ बजे तय भएको स्थायी कमिटीको बैठक २२ गते सोमबारसम्मका लागि स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो । यसबीचमा थप सहमतिको प्रयास हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया