नेपाली छोटो चलचित्र ’जुनुको जुत्ता’ इटालीमा प्रदर्शन हुने

  असार १८, २०७७

काठमाडौं, असार १८ : इटालीमा आयोजना हुने ’सर्ट्स इन्टरनेशनल फिल्म फेस्टिभल’ का नेपाली छोटो चलचित्र ’जुनुको जुत्ता’ प्रदर्शन गरिने भएको छ । नेपालमा चलचित्र क्षेत्र अस्तव्यस्त भएको बेला युरोपतिर भने चलचित्र क्षेत्र तथा महोत्सव विस्तारै खुल्न थालेसँगै प्रदर्शन हुन लागेको हो ।

निर्देशक केदार श्रेष्ठले चलचित्र त्यहाँको लागि छनौट भएको जानकारी दिनुभयो । ‘जुनुको जुत्ता’मा चलचित्रमा जुत्ता वा चप्पल उल्टो लगाउने एक बालिकाको कथामा आधारित छ । चलचित्रमा पाँच वर्षीया हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा, खड्क कुमारीलगायतको अभिनय रहेको छ । शरुण मानन्धरको छायाङ्कन रहेको चलचित्रमा यशु श्रेष्ठको कथा र निर्देशक श्रेष्ठको पटकथा रहेको छ ।

‘जुनुको जुत्ता’ले ’इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहोउसेन’को ६६ औँ संस्करणमा ‘चिल्ड्रेन एन्ड युथ कम्पिटिसन’ अन्तर्गत ’स्पेसियल मेन्सन अफ द चिल्ड्रेन्स जुरी’ अवार्ड पाएको थियो । सो चलचित्रलाई ह्यापी ह्यूज प्रोडक्सन, थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालको संयुक्त निर्माण गरेको हो ।

तपाईको प्रतिक्रिया