कर छलीको आरोपमा मुद्दा दायर

  असार १८, २०७७

काठमाडौँ, असार १७ : नक्कली भ्याट बिल बनाई कर छलेको आरोपमा राजस्व अनुसन्धान विभागले दुईवटा कम्पनीका सञ्चालकविरुद्ध ४० करोड ६१ लाख रुपैयाँ बिगो मागदाबी गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले न्यु सागर प्लास्टिक कन्सर्नका सञ्चालकहरु सञ्जु किजु र सागर किजुमाथि मुद्दा दायर गरेको हो । उनीहरुमाथि बिगोको दोब्बर जरिवाना र कैद सजायको मागदाबी पनि छ । राजस्व छलेको अभियोगमा बंगलामुखी जेभीका सञ्चालक रोशनकुमार श्रेष्ठविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।

तपाईको प्रतिक्रिया