कोरोना भाइरसबाट विश्वमा पाँच लाख १४ हजारभन्दा बढीको मृत्यु

  असार १७, २०७७

जेनेभा (स्वीट्जरल्याण्ड), असार १७ : कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृतक सङ्ख्या पाँच लाख १४ हजार ६१५ पुगेको छ । साथै विश्वभर एक करोड छ लाख १३ हजार ३५ जना सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।

कोरोना भाइरसका कारण बिरामी भएका ५८ लाख २१ हजार १७५ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस सङ्क्रमित करिब ४२ लाख ८७ हजार ९४ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितहरूमा ५७ हजार ९१२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २७ लाख २७ हजार ९९६ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ३० हजार १२३ व्यक्तिको मृत्यु भइसकेको छ ।

दक्षिण अमेरिकामा २२ लाख ३८ हजार ८८४ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन्, ८८ हजार ७४७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३१ लाख ८५ हजार ४२८ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन्, एक लाख ६९ हजार ७०८ जनाको मृत्यु भएको छ ।

युरोपमा २४ लाख ५० हजार ४७० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने एक लाख ९१ हजार ८२१ को मृत्यु भएको छ । एसियामा २३ लाख १९ हजार ५१९ जनामा कोरोना भाइरस सङ्क्रमित रहेको छ भने, ५७ हजार ३०१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा चार लाख आठ हजार ३०० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १० हजार १९५ जनाको मृत्यु भएको छ । ओसियानामा नाै हजार ५६० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया