अमेरिकामा कोरोनाइभाइरसविरुद्धकाे भ्याक्सिन परीक्षण जारी

  असार १७, २०७७

वासिङ्टन, असार १७ : संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए)ले कोरोनाभाइरसविरुद्ध भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ ।

एफडीएका प्रमुख स्टिभन हानले चार किसिमका खोपहरूको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको जानकारी दिनुभयो । उहाँले अरु छ किसिमका खोप पनि परीक्षणको क्रममा रहेको बताउनुभयो । अमेरिकी प्रशासनले सन् २०२१ को जनवरीसम्ममा कोविड–१९ का लागि ३० करोड भ्याक्सिन उत्पादन गरी वितरण गर्ने लक्ष्य राखेको छ ।

यसैबीच, अमेरिकी सङ्क्रामक रोग विज्ञ एन्थोनी फाउचीले अमेरिकामा सुरक्षित र कामकाजी किसिमको भ्याक्सिन तयार हुनेमा अझै आशावादी हुने लक्षण नदेखिएको चेतावनी दिनुभएको छ । उहाँले भ्याक्सिनका प्रभावकारिता सम्बन्धी विवरणहरू आगामी वर्षको शुरुतिर मात्र प्राप्त हुने पनि जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया