काठमाडौंको आकासमा पनि देखियो सलह, कागलाई भ्याइनभ्याइ

  असार १६, २०७७

काठमाडौं, असार १६ : केही दिनअघि नेपाल प्रवेश गरेको सलह मंगलबार राजधानीको मुख्य शहरी क्षेत्रमा पनि देखा परेको छ । भारतबाट बारा प्रवेश गरेको सलह झुन्ड ३ दिनपछि काठमाडौं आइपुगेको हो ।

काठमाडौं उपत्यकाका तीनै जिल्लाहरुमा सलह देखिएका छन् । उपत्यका वरिपरिका जंगल नजिकका क्षेत्रमा थोरै संख्यामा दुई तीन दिन अघिबाटै सलह देखिए पनि मंगवाल अपरान्ह भने मुख्य शहरी क्षेत्र रत्नपार्क, नयाँ सडक माथिको आकाशमा सलह देखिएका थिए ।

सलह देखिएसँगै समाजिक सञ्जालहरुमा पनि राजधानी बासीले सलहको तस्बिर राख्न शुरु गरेका छन् । उपत्यकामा करिब पाँच बजेतिर काठमाडौंको आकासमा देखिएको सलहलाई सलहरुलाई कागलगायत चराचुरुंगीहरुले आहारा बनाएका छन् ।

आइतबार दिउँसो ४ बजे सिन्धुली आइपुगेको सलहको समूह काभ्रेहुँदै सिन्धुपाल्चोकको सिपाघाट पुगेको थियो । अपराह्न दुई बजे वीरगञ्ज क्षेत्रबाट सलहको एउटा समूह नेपाल प्रवेश गरेको थियो । प्राविधिकहरूले काठमाडौं आएको समूह त्यही हो वा नयाँ हो भनी विश्लेषण गरिरहेका छन् ।

सोमबार पनि रुपन्देहीमा सलहको नयाँ झुण्ड देखिएको थियो । पछिल्लो सूचनाअनुसार दाङ तुलसीपुर क्षेत्रमा पनि सलह देखिएको छ । यस्तै, प्युठान सदरमुकाम खलंगामा पनि सलहको समूह देखिएको केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया