थप ५५४ जनामा कोरोना सङ्क्रमण, कुल सङ्क्रमित १२ हजार ३०९

  असार १३, २०७७

काठमाडौँ, असार १३ : नेपालमा पछिल्लो परीक्षणमा थप ५५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ३०९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताउनुभयो ।

त्यस्तै काेराेना निकाे भएर १३६ जना डिस्चार्ज भएका छन् । थप एक जनाकाे मृत्यु भएकाे मन्त्रालयले पुष्टि गरेकाे छ । मृतक कैलालीकाे गाेदावरी नगरपालिका-७ का ५० वर्षीया पुरुष रहेकाे र निज फाेक्साेकाे क्यान्सरका बिरामी रहेकाे जनाइएकाे छ ।

कुल डिस्चार्ज सङ्ख्या दुई हजार ८३४ र  कुल मृतक सङ्ख्या २८ पुगेकाे छ । 

तपाईको प्रतिक्रिया