उपत्यकामा दुईसहित थप ६२९ संक्रमित, कुल संक्रमित १० हजार ७२८ पुग्याे

  असार १०, २०७७

काठमाडौँ, असार १० : पछिल्लो २४ घण्टामा नेपालमा थप ६२९  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थप सङ्क्रमितमध्ये ११० जना महिला र ५१९  पुरुष रहेका छन् । काठमाडाैँका एक पुरूष र भक्तपुरका एक महिलालाई पनि कोरोना लागेको पुष्टि भएको छ ।  

योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको दश हजार ७२८ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

डिस्चार्ज

यस्तै, थप ११४ जना निकाे भएर डिस्चार्ज भएका छन् । थप आठ महिला र १०६  पुरुष डिस्चार्ज भएका हुन् ।  कुल डिस्चार्ज हुनेकाे सङ्ख्या दुई हजार ३३८ पुगेकाे छ ।  

रेड जाेन

रेड जाेनमा ललितपुरका एक जना थपिएसँगै सङ्ख्या ५०९ पुगेकाे छ ।

तपाईको प्रतिक्रिया