काठमाडौं, असार १० : संयुक्त राज्य अमेरिकाको टेक्सस राज्यमा पछिल्लो चौबिस घण्टामा अहिलेसम्मकै उच्च सङ्क्रमित फेला परेका छन् । एकैदिनमा करीब पाँच हजार सङ्क्रमित फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार टेक्सास राज्य सरकारका प्रतिनिधि ग्रेग अबोट्टले नयाँ चुनौतीको सामना गर्न कठोरतापूर्बक सतर्कताका उपायहरु अपनाउन सुझाब दिनुभएको छ । गत् मई महिनामा टेक्ससमा प्रतिबन्ध खुकुलो गरिएको थियो ।
संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौसीले आगामी दुई साता अत्यन्तै जटिल हुने बताउनुभएको छ । गत् साता मात्रै टेक्ससमा चार हजार नयाँ सङ्क्रमित एकैदिन थपिएका थिए । मङ्गलबार भने पाँच हजार चार सय नयाँ सङ्क्रमित थपिएका छन् ।