जर्मनीमा एकैपटक एक हजार पाँच सय नयाँ सङ्क्रमित थपिए

  असार १०, २०७७

काठमाडौं, असार १० : कोरोना सङ्क्रमितहरुको संख्या अनपेक्षित बढेपछि जर्मन अधिकारीहरुले उत्तरी रैन–वेष्टफेलामा पुनः लकडाउन गरेका छन् । सङ्क्रमणबाट करीब पाँच लाख व्यक्ति प्रभाबित भएका छन् ।

बीबीसीका अनुसार मासु प्याकिङ्ग गर्ने एक प्लान्टमा कार्यरत करीब एक हजार पाँच सय कामदारमा कोरोनाको सङ्क्रमणको पुष्टि भएपछि दुई जिल्लामा लकडाउन गरिएको छ । राज्यका प्रिमियर अरमिन लासेटले नियन्त्रणका उपायहरु अपनाइएको बताउनुभयो । जुन ३० सम्म लकडाउन लागू हुनेछ ।

राज्यका स्वास्थ्य मन्त्री कार्ल जोसेफ लेमनले जनसंख्यालाई सुरक्षित राख्न लकडाउन आवश्यक रहेको बताउनुहुँदै सतर्क रहन आग्रह गर्नुभयो । जर्मनीले प्रकोपलाई नियन्त्रणमा लिन चालेको कदमको सराहना गरिएको थियो । तर फेरी सङ्क्रमणको तरङ्ग चुलिएको छ ।

तपाईको प्रतिक्रिया