पहिराेले तीन सवारी साधन बगायाे, दुईकाे अचेत अवस्थामा उध्दार

  असार ०८, २०७७

पाल्पा, असार ८ : जिल्लाकाे तानसेन नगरपालिका-११, सम्मोबारीमा पहिराेले तीनवटा गाडि बगाएकाे छ । पाल्पा गुल्मी सडक खण्डमा साेमबार दिउँशाे पाल्पाबाट गुल्मीतर्फ जादै गरेको सम्म नम्बर नखुलेको तीन वटा सवारी साधन कार, ट्रक र मिनि ट्रकलाई सडक  माथिबाट आएको पहिरोले बगाएर सडक तल भीरमा पु-याएकाे प्रहरीले जनाएकाे छ । घटनामा दुईजनाकाे अचेत अबस्थामा उध्दार गरिएकाे छ । 

अहिले उद्दारका लागि प्रहरी र स्थानीय बासिन्दा खटेका छन् । तर माथिबाट पहिराे खस्ने क्रम नराेकिएका कारण उद्दारमा कठिनाई भईरहेकाे पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयाे । हालसम्म मानवीय क्षतिका बारेमा जानकारी अाउन सकेकाे छैन ।

तपाईको प्रतिक्रिया