आतङ्कवादी समूहसँगको मुठभेडमा दुई पाकिस्तानी सेनाको मृत्यु

  असार ०८, २०७७

काठमाडौँ, असार ७ : पाकिस्तानको वजरिस्तानमा आतङ्कवादी समूहसँगको मुठभेडमा दुईजना सैन्य सिपाहीको मृत्यु भएको छ । आतङ्कवादी समूह कुन सङ्गठनसँग आबद्ध रहेको सम्बन्धमा केही खुलाइएको छैन ।

समाचार संस्था एएनआईका अनुसार पाकिस्तानको अन्तर जनसम्बन्ध सेवा (आईएसपीआर)ले आइतबार एक वक्तव्य जारी आतङ्कवादी समूहसँगको मुठभेडमा दुई जना सिपाहीको मृत्यु भएको जनाएको छ ।

क्याप्टेन सबिह र नवीद गरी दुई जना सिपाहीको मुठभेडको क्रममा मृत्यु भएको आधिकारिक वक्तव्यमा उल्लेख गरिएको छ । आईएसपीआर पाकिस्तानी सेनाको मिडिया हेर्ने विभाग हो ।

तपाईको प्रतिक्रिया