गण्डकीमा थपिए २० संक्रमित, संक्रमितको संख्या ५४० पुग्यो

  असार ०८, २०७७

पोखरा, असार ८ : सोमबार बिहान स्याङजामा १२ र नवलपुरमा आठ जना गगरी २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ५४० पुगेको छ । स्याङजाको अर्जुन चौपारी गाँउपालिकामा आठ जना पुरुष दुई जना महिला र कालीगण्डकी गाँउपालिकामा दुई जना पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी, नवलपरासी पूर्वमा पनि बौद्धकाली गाँउपालिकामा आठ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । उनीहरू सबै भारतबाट आएर सम्बन्धित जिल्लामा क्वारेन्टाइनमा बसेका रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

सम्पूर्ण सङ्क्रमितलाई सम्बन्धित जिल्लाहरूमा रहेको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्म प्रदेशभर ४९ जना बिरामी निको भएर घर फर्केका छन् । स्याङ्जाको वालिङका ५८ वर्षीय पुरुषको निधन भएको छ ।

तपाईको प्रतिक्रिया