मालीमा राष्ट्रपतिको राजिनामा माग्दै आन्दोलन

  असार ०७, २०७७

काठमाडौं, असार ६ : मालीमा राष्ट्रपतिको राजिनामा माग गर्दै हजारौं प्रदर्शनकारी आन्दोलनमा उत्रेका छन् । मालीको राजधानी बमाकोमा प्रदर्शनकारी भेला भएका हुन ।

बीबीसीका अनुसार कन्जरभेटिभ पार्टीका इमाम महमौद डिकोको नेतृत्वमा भइरहेको प्रदर्शनमा विपक्षी दल एकजुट भई राजनीतिक र आर्थिक पुर्नसंरचनाको माग गरेका हुन ।

शुक्रबार राजधानी बमाकोको स्वतन्त्र स्क्वायरमा जमा भएका हजारौं प्रदर्शनकारीले राष्ट्रपति विरुद्ध नाराबाजी गरे । उनीहरुले राष्ट्रपति इब्राहिम बौबाकर कैटाको राजिनामा माग गरेका छन् ।

राष्ट्रपति कैटाले विपक्षी दललाई समेटेर नयाँ सरकार गठनको प्रस्ताब गर्नुभएको छ । तर सहमतिका बावजूद प्रदर्शन पूर्बनिर्धारण गरिए बमोजिम जारी रहेको छ ।

तपाईको प्रतिक्रिया