सुदूरपश्चिम नाकाबाट शनिबार ७८५ जना नेपाली भित्रिए, १०४ भारतीय बाहिरिए

  असार ०६, २०७७

लम्की, असार ६ : सुदूरपश्चिमका मुख्य दुई नाका गड्डाचौकी र गौरीफन्टाबाट शनिबार ७८५ नेपाली नागरिक नेपाल भित्रिएका छन् भने १०४ भारतीय नागरिक बाहिरिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर गएका नेपाली जेठ २ गतेयता दैनिक नेपाल भित्रिने क्रम जारी रहेकोछ ।

सुदूरपश्चिम प्रहरी कार्यालय, दिपायलका अनुसार शनिबार कञ्चनपुरको गड्डाचौकी नाकाबाट २०४ नेपाली नागरिक भित्रिएका छन् भने २३ जना भारतीय नागरिक बाहिरिएका छन् । शुक्रबारको तुलनामा उक्त नाकाबाट भित्रिनेको सङ्ख्या घटेको छ ।

त्यसैगरी, कैलालीको गौरीफन्टा नाकाबाट ५८१ नेपाली नागरिक भित्रिएका छन् भने ९१ भारतीय नागरिक बाहिरिएका छन् । शुक्रबारको तुलनामा उक्त नाकाबाट बढी सङ्ख्यामा नेपाली नागरिक भित्रिएका छन् । 

योसँगै सुदूरपश्चिम प्रदेशमा लकडाउनका समयमा जेठ २ गतेदेखि खुला गरिएका मुख्य नाकाबाट भित्रिने नेपालीको सङ्ख्या करिब एक लाख १८ हजार पुगेको छ भने बाहिरिनेको सङ्ख्या १७ हजार पाँच सय बढी पुगेको छ ।

तपाईको प्रतिक्रिया