अमेरिकामा रोकिएन सङ्क्रमणको रफ्तार, एकैदिन ८३९ जनाको मृत्यु

  जेठ ३१, २०७७

काठमाडौं, जेठ ३१ : अमेरिकामा पछिल्लो चौबिस घण्टामा ८३९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै अमेरिकामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार ६१३ पुगेको छ ।

अमेरिकाको मैरील्याण्डस्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना सङ्क्रमितको संख्या २० लाख ४४ हजार ५७२ पुगेको छ । अमेरिकमा प्रतिदिन औसतमा २० हजार नयाँ सङ्क्रमित थपिने क्रम अझै स्थिर छ ।

तपाईको प्रतिक्रिया