संसदको कार्यसूची सार्वजनिक, सरिता गिरीको प्रस्ताव समावेश भएन

  जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३१ : संसद सचिवालयले आज हुने संसदकाे बैठककाे कार्यसूची सार्वजनिक गर्दै सांसद सरिता गिरीले संविधान संशोधन विधेयकविरुद्ध संसदमा दार्ता गराउनुभएको संशोधन प्रस्तावलाई कार्य सूचीमा समावेश गरेको छैन ।

आज सर्वजनिक गरिएको कार्यसूीचमा पहिलो नम्बरमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान (दोस्रो संसोधन) विधेयक २०७७ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

त्यस्तै, दोस्रोमा नेपालको संविधान (दोस्रो संसोधन) विधेयक २०७७ लाई पायरित गरियोस् भनी प्रस्ताव गर्नुहुने कार्यसूचीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया