कुवेतबाट थप नेपाली आज आउँदै, टर्किस एयरलाइन्स विदेश यात्रु लिएर फर्कियो

  जेठ ३०, २०७७

काठमाडौँ, जेठ ३० : कुवेतबाट आज पनि नेपाली नागरिक स्वदेश फर्कँदैछन् । कुवेतको जजिरा एयरलायन्सको जहाजबाट नेपाली नागरिक लिएर साढे ११ बजे त्रिभुवन विमानस्थलमा उत्रने तय भएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार हालसम्म प्राप्त जानकारी अनुसार १४२ जना महिलासहित दुई जना बालबालिका र सात जना भर्खर जन्मेका शिशु नेपाल आउँदैछन् ।

हिजो दुई वटा जहाजको उडानमार्फत २९९ जना नेपाली महिला नेपाल फर्किएका छन् । कुवेतबाट फर्कन चाहेका ७ हजार ९९१ मध्ये २ हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् ।
यसैबीच, आज बिहान टर्किस एयरलायन्सको एउटा जहाज नेपाल आएर फर्केको छ । त्यस जहाजमा उताबाट खाली आएको थियो । नेपालबाट भने जहाजले नेपाल स्थित अमेरिकी र बेलायती नागरिक लिएर फर्केको विमानस्थलले जनाएको छ ।

तपाईको प्रतिक्रिया