दक्षिणपश्चिम चीनमा भारी वर्षा, बाढी र डुबानमा परी आठको मृत्यु

  जेठ २७, २०७७

गुइयाङ, जेठ २७ : चीनको दक्षिणपश्चिम प्रान्त क्विझाओमा केही दिनदेखि अविरल वर्षापछि आएको बाढी र डुवानका कारण कम्तीमा आठ जनाको मृत्यु भएको स्थानीय विपत व्यवस्थापन विभागले जनाएको छ ।

वर्षाका कारण दुई लाख १५ हजारभन्दा बढी व्यक्ति प्रभावित बनेका स्थानीय प्रशासनले बताएको छ ।

मे ३१ गतेदेखि निरन्तर परेको वर्षाका कारण कम्तीमा आठ शहर प्रभावित बनेका छन् भने हजारौँ नागरिकलाई सुरक्षितस्थलमा सारिएको छ ।

मङ्गलबार विहानसम्म् बाढीकाा कारण कम्तीमा १० हजार ७०० हेक्टर जमिनको वाली रे दुई हजार ८६६ घरहरूमा क्षति पुगेको विभागले बताएको छ ।

क्विझाओ प्रान्तले बाढी तथा डुवानबाट बढी प्रभावित क्षेत्रमा ६८ लाख युआनसहित विपत व्यवस्थापनका लागि आवश्यक सामानहरू तत्काल राहतका रूपमा पठाएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया