थप २१३ कोरोना संक्रमित पुष्टि, कुल संक्रमित सङ्ख्या ३४४८ पुग्यो

  जेठ २५, २०७७

काठमाडौं, जेठ २५ : नेपालमा कोरोना भाइरसबाट थप २१३ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरुको कुल सङ्ख्या तीन हजार ४४५ पुगेको छ । नयाँ  संक्रमितमध्ये २ सय ९ जना पुरुष र ४ जना महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालय का प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिनुभएको हो ।

नेपालमा कोरोना भाइरस निको भएर ४६७ जना घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया