६ हजार २४४ नेपाली सुदूरपश्चिम भित्रिए ५२४ भारतीय बाहिरिए

  जेठ २४, २०७७

लम्की जेठ २४ : कामका लागि भारतका विभिन्न शहर गएका र लामो लकडाउनले खाना र बासको समस्या भई भारतमा अलपत्र परेका नेपाली नागरिक जेठको शुरुवातदेखि दैनिक नेपाल भित्रिरहेकाछन् ।

शनिबार पनि छहजारभन्दा बढी नेपाली सुदूरपश्चिमका दुई नाकाबाट नेपाल भित्रिएका छन् । कञ्चनपुरको गड्डा चौकी र कैलालीको गौरीफन्टा नाकाबाट छ हजार ४९९ जना नेपाली नागरिक शनिबार नेपाल भित्रिएका हुन् ।

त्यसैगरी उक्त नाकाबाट ५२४ भारतीय नागरिक समेत नेपालबाट बाहिरिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका अनुसार शनिबार कञ्चनपुरको गड्डा चौकी नाकाबाट ९०६ नेपाली भित्रिएका थिए भने १९९ भारतीय नागरिक बाहिरीएका थिए ।

उक्त नाकाबाट प्रबेश गर्नेको संख्या घटे पनि कैलालीको गौरीफन्टा नाकाबाट भित्रिनेको संख्या शुक्रबारको तुलनामा बढेको छ । उक्त नाका बाट सनिबार पाँचहजार ५९३ नेपाली नागरिक भित्रिएका छन भने ३२५ भारतीय नागरिक बाहिरिएको सुदूरपश्चिम प्रहरी कार्यालयले जनाएको छ ।

योसंगै सूदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठको शुरु देखि खुल्ला भएका नाकाबाट भित्रिने नेपालीको संख्या करिब ९० हजार पुगेकोछ भने बाहिरीनेको संख्या बाह्र हजार बढी पुगेको छ ।

तपाईको प्रतिक्रिया