मालोपोत कार्यालयहरु भोलिबाट खुल्ने जनसरोकारका काम भने नहुने

  जेठ २४, २०७७

काठमाडौं, जेठ २४ : सरकारले भोलिबाट देशका सबै मालपोत कार्यालय खुला गर्ने भएको छ । भूमि ब्यबस्था तथा अभिलेख विभागले माताहतका सबै निकायलाई परिपत्र गरी आन्तरिक प्रशासन तथा अन्य आन्तरिक काम सुचारु गर्न निर्देशन दिएको छ ।

भोलिबाट देशभरका सबै मालपोत कार्यालयका कर्मचारीले आन्तरीक तयारी गरे पनि जनतासँग प्रत्यक्ष सम्बिन्धित घरजग्गा पास लगायतका सेवा भने सरकारले स्पष्ट कार्यविधि तय गरे पछि मात्र गरिने विभागका भूमि प्रशासन हेर्ने शाखा अधिकृत कृष्णप्रसाद जोशीले बताउनुभयो ।

उहाँले अहिले कर्मचारीहरु कार्यालयमा जाने र कम्प्युटर अपडेट, अन्य अड्डाबाट आएका रोक्का आदिका काम तथा आर्थिक वर्ष सकिन लागेकाले जग्गाको मूल्याङ्कन लगायतका तयारीको काम मात्र हुने उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले कर्मचारी कार्यालयमा गए पछि कोभिडबाट सुरक्षित गरी सेवा प्रवाह गर्न सकिन्छ भन्ने जस्ता कुराको पनि तयारी सहज हुने बताउँदै जनतासँग प्रत्यक्ष उपस्थित भएर गरिने काम भने हाल नगरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया