काठमाडौं, जेठ २४ : नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएका छन् । योसँगै संक्रमितहरुको कुल सङ्ख्या ३२३५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिनुभएको हो ।
संक्रमित हुनेमा मोरङका ६, सुनसरीका ५, सप्तरीका ८, नवलपरासीका ३, बाँकेका १२, बर्दियाका २८, कास्कीका ३, स्याङ्जाका १०, बागलुङका १, बझाङका ६, कञ्चनपुरका २, अछामका १, कैलालीका २, डडेलधुराका १, दैलेखका ४७, डोल्पाका १ जना छन् ।
त्यसैगरी सुर्खेतका १०, जाजरकोटका ४, सल्यानका ३८, अर्खाखाँचीका १, नवलपरासीका २, रुपन्देहीका ३, भक्तपुरका १, धनुषाका ८, कपिलवस्तुका ३९, काठमाडौंका ४, महोत्तरीका ३५, रौटहटका ६ र सर्लाहीका २७ जनामा संक्रमण पुष्टि भएको छ ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ६८ हजार ३१ रहेको छ । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या २ हजार ८५७ जना छ ।
मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ३७ हजार ७ सय ३५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ९२ हजार ४ सय ७८ परीक्षणहरु गरिएका छन् ।
त्यसैगरी, कोरोना भाइरसको सङ्क्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । कुल मृत्यु १३ पुगेको छ । नेपालका ७० जिल्लामा सङ्क्रमण भएको छ ।
डोल्पा गत जेठ २१ गते राति दुई बजेतिर ५८ वर्षका पुरुषको १६ गते सुर्खेतबाट १८ गते डोल्पा जानुभएको थियो । उहाँ दमको रोगी हुनुहुन्थ्यो ।
एकजना महिलाको सेती अस्पतालमा मृत्यु भएको छ । उहाँको कोरोना संक्रमण परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
गत २४ घन्टामा डिस्चार्ज हुनेमा थप ३२ जना रहेका छन् । यसरी डिस्चार्ज हुनेको संख्या ३६५ रहेको छ ।
जनकपुर प्रादेशिक अस्पतालबाट १५ जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ५ जना, सेती अस्पतालबाट ६ जना र सुर्खेतबाट ७ जना, डिस्चार्ज भएर घर फर्किएका हुन् ।






