थप २७८ मा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या २९१२ पुग्यो

  जेठ २३, २०७७

काठमाडौं, जेठ २३ : नेपालमा शुक्रबार कोरोना भाइरसको २७८ जनामा कोरोना संक्रमण पुष्टि थपिएकाे छ ।

योसँगै पीसीआर विधिबाट गरिएको कुल परीक्षणबाट दुई हजार ९१२ सङ्ख्या पुगेकाे नियमित पत्रकार सम्मेलनमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । 

शुक्रबार एकै दिन दैलेखमा ९१ जना, कपिलवस्तुमा ४४ जना,  प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रबार ४३ जना थप डिस्चार्ज हुनुभएको छ । डिस्चार्ज हुनेको संख्या ३३३ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया