म्यानमारबाट उद्धार गरिएका नेपाली काठमाडौँ आइपुगे

  जेठ २३, २०७७

काठमाडौँ, जेठ २३ : म्यानमारमा रहेका २६ जना नेपाली नागरिक काठमाडौं आइ पुगेका छन्  म्यानमारको सेनाको. एयरफोर्स जहाजमार्फत उनीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केहीबेर पहिले आइपुगेका हुन ।

उनीहरुलाई राजधानी भित्रको होल्डिङ्ग सेन्टरमा राखिने तयारी छ । त्यहाँ उनीहरूलार्इ सीम कार्ड दिइनुका साथै उहाँहरूकाे स्वास्थ्य परीक्षण पछि कीर्तिपुरस्थित क्वारेन्टाइनमा लगिग काेराेना संक्रमण नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सचिव नारायण विडारीले बताउनुभयाे । 

तपाईको प्रतिक्रिया