दैलेखका १०५ र मुगुका एक गरी १०६ जनामा संक्रमण पुष्टि

  जेठ २२, २०७७

जुम्ला, जेठ २२ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको पछिल्लो कोरोना परीक्षणमा थप १०५ जनामा पोजेटिभ देखिएका छ । प्रतिष्ठानको प्रयोगशाला विभागले प्रकाशन गरेको नतिजाअनुसार दैलेखमा १०५ जनामा संक्रमण देखिनुका साथै मुगुमा पनि एक जनाको पोजेटिभ देखिएको छ ।

यसअघि विभिन्न समयमा कर्णाली प्रतिष्ठानबाटै परीक्षण गरिएका दैलेख, कालिकोट, जुम्ला सहितका जिल्लाका १०७ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । यसैगरी आज एकाएक १०६ जनाको पोजेटिभ भएपछि कुल २१३ जनामा संक्रमण पुष्टि भएको छन । यसैगरी एकै दिन यति धेरै पोजेटिभ देखिएपछि यहाँ त्रास बढेको छ ।

पोजेटिभ हुनेमा दैलेख नारायण नगरपालिकाका ६९ जना रहेका छन् । जसमा ५ जना महिला छन् । यसैगरी देवलकाँडाका १२ जना, सोतका ९ जना, मानटाकुराका ७ जना, साडुका २ जना, भगनीका ५ जना, बासकोटका १ जना रहेका छन् । यसैगरी मुगु खत्याडका १ जना पुरुषमा पोजेटिभ नतिजा देखिएको छ ।

तपाईको प्रतिक्रिया