कोरोना जितेका युवालाई नर्सले फूल दिईन्, प्रहरीले हतकडी लगायो

  जेठ २१, २०७७

बैतडी, जेठ २१ : कोरोना सङ्क्रमति २२ वर्षिय युवाले कोरोना जितेर उन्मुुिक्त पाएको खुशीमा नर्सले फुल दिएर शुभकामना दिदैं गर्दा प्रहरीले ती युवालाई हतकडी लगाएको छ ।

युवति हत्याको आरोपमा प्रहरी हिरासतभित्र रहेका २२ वर्षिय युवा अमरसिंह साउद बुधबार कोरोना मुक्त हुने बित्तिकै प्रहरीले हतकडी लगाएर कारागार चलान गरेको हो ।

बैतडीको पहिलो कोरोना सङ्क्रमित बैतडीको शिवनाथ गाउँपालिका २ का २२ वर्षिय युवा अमरसिंह साउद युवति हत्याको अनुसन्धनामा वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका थिए । मुद्दा दर्ता भएर अदालत पेश गर्दा अदालतले युवालाई कारागार चलानग गर्ने आदेश दिएको थियो ।

कारागार चलान गर्नुअघि युवामा कोरोना चेकजाँच गर्दा यही जेठ ९ गते युवामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । युवा गत चैत ६ गते भारतबाट फर्केका थिए ।

भारतबाट फर्केर गाउँकै एक युवतिसँग अमर साउदको प्रेम सम्बन्ध रहेको बताईएको छ । युवति मृत अवस्थामा खोलामा फेला परेपछि युवतिका आफन्तले साउदमाथि हत्याको आरोप लगाएर प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

वैशाख १५ गते थुनामा राख्नुअघि युवाको द्रूत परीक्षण (आरडिटी) गर्दा भने कोरोना नेगेटिभ आएको थियो । प्रहरीले लामो सयम थुनामा राखेर मुद्दाको अनुन्धिान गरेर अदालतमा पेश गर्दा अदालतले कारागार चलान गर्ने आदेश दिएपछि मात्रै युवाको थ्रोट स्वाब सङ्कलन गरेर पीसीआर जाँच गर्न धनगढी पठाउँदा कोरोना पुष्टि भएको थियो ।

थुनुवामा कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय बैतडी सील गरेर थुनुवाको सम्पर्कमा आएका सबै प्रहरीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

सङ्क्रमित युवाको सम्पर्कमा आएका मुद्दा फाँटदेखि अन्य प्रहरी सबैको कोरोना परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएका २२ वर्षिय युवा जेठ ९ गतेदेखि २१ गतेसम्म जिल्ला अस्पताल बैतडीको आईसोलेसनमा रहेको जिल्ला अस्पताल बैतडीका डाक्टर वशन्तराज जोशीले जानकारी दिनुभयो ।

अस्पतालको आईसोलेसनमा रहेका युवाको पहिलो र दोश्रो पीसीआर रिपोट नेगेटिभ आएकोले अस्पतालबाट फुल दिएर डिस्चार्ज गरिएको डाक्टर जोशीले बताउनुभयो ।

अस्पतालबाट डिस्चार्ज हुने बित्तिकै २२ वर्षिय युवालाई सम्मानित अदालको आदेश अनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख किसन चन्दले जानकारी दिनुभयो ।

चन्दले भन्नुभयो, ‘ कोरोना मुक्त भएका साउदलाई अदालतको आदेश अनुसार बुधबार नै
पुर्पक्षका लागि कारागार चलान गरेका छौं ।’

कोरोना मुक्त हुँदा खुशी देखिएका युवा कारागार चलान हुँदा निराश देखिन्थे ।

तपाईको प्रतिक्रिया