काठमाडौं, जेठ २० : पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । २७० जना पुरूष र १८ जना महिला रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षण आज २७० पुरुष र १८ महिला सङ्क्रमित भएको जानकारी दिनुभयो ।
यससँगै नेपालमा संक्रमित संख्या दुईहजार ९९ पुगेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । तीमध्ये पुरुष एक हजार ९४९ र महिला १५० छन् । अहिलेसम्म ६१ जिल्लाका मानिसमा सङ्क्रमण देखिएको छ ।
आज देखिएको संक्रमण अहिलेसम्मकै सबभन्दा बढी हो । यसअघि सोमबार २३९, गत शनिबार १८९ र गत शुक्रबार १७० जनामा संक्रमण देखिएको थियो ।
प्रवक्ता डा विकास देवकोटाका अनुसार ४५ जना डिस्चार्ज भएका छन् । यो सँगै कुल २६६ डिस्चार्ज भएका छन् । क्वारेन्टाइनमा एकलाख ४५ हजार ३७५ रहेका छन् । आइसोलेसनमा एकहजार ८२५ रहेका छन् ।






