थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १८११ पुग्यो

  जेठ १९, २०७७

काठमाडौँ, जेठ १९ : दुई बालबालिकासहित १३ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । थप १३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार संक्रमित हुनेमा नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षीय बालक, गडहवा गाउँपालिका रुपन्देहीका ३ वर्षीया बालिका, ५४ वर्षीय पुरुष, मायादेवी गाउँपालिका कपिलवस्तुका ७ पुरुष (१९ देखि ४० वर्ष), निस्दी गाउँपालिका पाल्पाका २ पुरुष (१७ देखि ३६ वर्ष) र गुल्मी रेसुंगा नगरपालिकाका २६ वर्षीय पुरुष रहेका छन् ।

तपाईको प्रतिक्रिया