बाँके दुर्घटनामा घाइते भएकाको नाम सार्वजनिक, सबैको स्वाब संकलन गरिँदै

  जेठ १९, २०७७

नेपालगञ्ज, जेठ १९ : बाँकेको राप्तीसोनारी गाउँपालिका २ अगैया नजिकैको जंगलमा आइतवार मध्यरातमा उभिएको ट्रकमा फोर्स गाडी ठोक्किएर भएको सवारी दुर्घटनामा परेर ज्यान गुमाएका र घाइते भएका सबैको कोरोना परिक्षण गरिने भएको छ ।

दुर्घटनामा परेका सबै भारतबाट फर्किएको हुँदा उनिहरु सबैको पीसीआर प्रविधिबाट कोरोना परिक्षण गरिने भेरी अस्पतालले जनाएको छ । त्यसका लागि मृतक १२ जना र घाइते भई उपचार गराईरहनु भएका २१ जना गरि सबै ३३ जनाकै स्वाब संकलन गर्ने कार्य शुरु गरिएको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताउनुभयो ।

अस्पताल प्रमुख थापाका अनुसार दुर्घटनाका मृतक र घाइतेहरु सबैको स्वाब संकलनको काम भइरहेको छ । अस्पतालको इमरजेन्सी वार्डलाई नै आइसोलेसनमा परिणत गरेर स्वाब संकलन भइरहेको उहाँले जानकारी दिनुभयो । उनीहरु भारतबाट आएको हुनाले कोरोना भाइरस संक्रमण भए नभएको परीक्षणका लागि स्वाब संकलन गर्न शुरु गरिएको हो ।

नेपालगञ्जको जमुनाहा नाकाबाट सल्यानतर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी आइतबार राती अगैया भन्ने ठाउँमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा ११ जनाको घट्नास्थलमै र एक जनाको अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ ।
गाडीमा सवार अन्य २१ जना घाइते छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । मृतकको शवलाई भेरी अस्पतालमा राखिएको छ ।

दुर्घटनामा घाइते हुनेहरुको परिचय खुल्यो
बाँकेको अगैया नजिकै जंगलमा भएको गाडी दुर्घटनाका घाइते सबैको जनाको परिचय खुलेको छ । बाँके प्रहरीका अनुसार घाइते मध्ये सल्यानका धेरै छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेहरुमा दाङका ४५ बर्षिया मेघराज केसी, दाङ तुल्सीपुरका ३९ बर्षिय विष्णु गिरी, २३ बर्षिय रुपलाल केसी, दाङको राजपुर गाउँपालिका ६ का २० बर्षिय दिपेश चौधरी, सोही गाउँपालिका वडा नं. २ का २१ बर्षिय जीवन घर्ती, दाङ जिल्लाका २० बर्षिया भरत थापा रहेका छन् ।

दुर्घटनामा रोल्पाको त्रिबेणी गाउँपालिकाका ७ का १७ बर्षिय सुनिल परियार, सोही ठाउँका २० बर्षिय बिरेन्द्र परियार, १८ बर्षिय पुरन परियार, रोल्पाका ५२ बर्षिय नर ब. बिक, रोल्पाका ४० बर्षिया दिल ब. बिक रहेका छन् ।

यस्तै सल्यान जिल्लाका शारदा नगरपालिका ६ का टीका चलाउने, बनगाड कुपिण्डे नगरपालिकाका २० बर्षिय मिनराज बिक, सिद्धकुमाख गाउँपालिका ५ का तेज बहादुर बुढाथोकी, सल्यानका १८ बर्षिय धन बहादुर बोहरा, सिद्धकुमाख ४ का २८ बर्षिय लोकेश घर्ती, सल्यानकै ५२ बर्षिय दीपबहादुर बुढा, सल्यान जिल्लाका शिव भण्डारी, सिद्धकुमाख गाउँपालिका ५ का २६ बर्षिय निमबहादुर बादी, १८ बर्षिय देबेन्द्र बुढाथोकी र १७ बर्षिय ज्ञान बहादुर. बोहरा रहेको रहेको बाँके प्रहरीले जनाएको छ ।

घाइते हुनेमा सबैभन्दा बढि सल्यानका रहेका छन् । मृतकहरुको भने सनाखत हुन बाँकी छ ।

घाइते भएकाहरुको नामावली सार्वजनिक
नेपाल प्रहरीले बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गएराति भएको गाडी दुर्घटनामा घाइते भएका २१ जनाको नामावली सार्वजनिक गरेको छ । घाइते भएकाहरु दाङ, सल्यान र रोल्पाका छन् ।

दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । मृतकहरुमध्ये गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको सनाखत भएको र अन्यको सनाखत गर्ने क्रम जारी रहेको बाँके प्रहरीले जनाएको छ ।

प्रहरीले सार्वजनिक गरेको घाइतेहरुको नामावली

  • दाङ जिल्ला धर्ना ४ का ४५ वर्षीय मेघराज केसी
  • दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी
  • दाङ जिल्ला राजपुर २ का २१ वर्षीय जीवन घर्ती
  • दाङ जिल्ला राजपुर गा.पा. ६ का २० वर्षीय दिपेश चौधरी
  • दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका २ का २३ वर्षीय रुपलाल केसी
  • दाङ जिल्लाका २० वर्षीय भरत थापा
  • रोल्पा जिल्ला त्रिवेणी गा.पा. ७ का १७ वर्षीय सुनिल परियार
  • ऐ. का २० वर्षीय वीरेन्द्र परियार
  • ऐ. का १८ वर्षीय पुरन परियार
  • रोल्पा जिल्ला कुरैति गा.पा. २ का ५२ वर्षीय नर बहादुर विक
  • रोल्पा जिल्ला टुटु ८ का ४० वर्षीय दिल ब. बिक
  • सल्यान जिल्ला कुपिण्डेदह गा.पा. का २० वर्षीय मिनराज बिक
  • सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का तेज बहादुर बुढाथोकी
  • सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ४ का २८ वर्षीय लोकेश घर्ती
  • सल्यान जिल्लाका १८ वर्षीय धन बहादुर बोहरा
  • सल्यान जिल्लाका ५२ वर्षीय दीप बहादुर बुढा
  • सल्यान जिल्ला शारदा गा.पा. ६ का टीका चलाउने
  • सल्यान जिल्लाका शिव भण्डारी
  • सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का २६ वर्षीय निम बहादुर बादी
  • ऐ. का १८ वर्षीय देवेन्द्र बुढाथोकी
  • ऐ. का १७ वर्षीय ज्ञान बहादुर बोहरा ।

तपाईको प्रतिक्रिया