पेरुमा ६ म्याग्नीच्यूडको भूकम्प

  जेठ १८, २०७७

लिमा, जेठ १८ : पेरुको लाम्पामा आइतबार ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १५३ किलोमिटर गहिराईमा रहेको पनि सर्भेले उल्लेख गरेको छ ।

भूकम्पबाट जनधनको क्षति भए नभएको स्पष्ट भइसकेको छैन ।

तपाईको प्रतिक्रिया