काठमाडौं, जेठ १६ : नेपालमा कोराना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको हो ।
मृतक अर्घाखाँची जिल्लाको भूमिका नपाका बासिन्दा भएको र ३५ वर्षीय पुरुष रहेको र उहाँ भारतबाट नेपाल आउने क्रममा जेठ ११ गते नेपाल प्रवेश गरेको र नेपाल प्रवेश गर्दा उहाँको स्वाबको नमुना लिइएको र उहाँ नेपाल प्रवेश गरेसँगै उहाँको मृत्यु भएको थियो ।






