काठमाडौँ, जेठ १५ : सरकारले नेपाली सेना प्रहरी तथा निजामति कमचारीका लागि अनिवार्य गरिएका पोसाक उत्पादन स्वदेशबाटै उत्पादन थालिने भएको छ । बजेट वक्तव्यमा आयात प्रतिस्थापन र स्वदेशी कपडा उद्योगको प्रवर्द्धनका लागि यस्तो कार्यक्रम ल्याइएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।
औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्रका उद्योगहरूलाई कर सहुलितको व्यवस्था पनि गरिने भएको छ । देशभर एक सय ३० औद्योगिक ग्राम बनाउनका लागि २ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरेको छ।
यसैगरी, निर्माणाधीन विशेष आर्थिक क्षेत्रहरूको निर्माणलाई निरन्तरता दिइने बताइएको छ। नवलपरासीको धौवादी फलाम खानीबाट उत्पादन थाल्न पहुँचमार्ग बनाइसक्ने पनि जनाइएको छ ।
त्यस्तै, बैतडी र बझाङमा फस्पोराइड र उदयपुरमा म्याग्नेसाईट उत्पादनको अध्ययन गर्न पनि बजेट विनियोजन गरिएको बजेटमा उल्लेख छ । सुर्खेतको पत्थर खानीको काम अघि बढाइने पनि बजेटमा उल्लेख छ । रुग्न उद्योगहरूलाई पुनराेत्थानका लागि सरकार र निजी क्षेत्रबिच सहयकार्यका आधारमा अङि बढ्ने उल्लेख छ ।






