रूसद्वारा एससीओ, ब्रिक्स शिखर सम्मेलन स्थगित

  जेठ १५, २०७७

मस्को, जेठ १५ : रूसमा जुलाईमा आयोजना गर्न लागिएका ब्रिक्स र शाङ्घाई सहयोग संगठन (एससीओ) का शिखर सम्मेलनहरू स्थगित भएका छन् ।

रूसी राष्ट्रपतिको कार्यालयले कोरोनाभाइरस महामारी नियन्त्रणमा आइनसकेको भन्दै  दुवै सम्मेलनका लागि नयाँ मिति घोषणा गरिने जनाएको छ । यी बैठकहरू सेन्टपिटर्सबर्गमा आगामी जुलाई २१ देखि २३ सम्म आयोजना हुने गरी तय भएका थिए ।

क्रेमलिनका अनुसार सहभागी मुलुक तथा विश्वव्यापी कोरोनाभाइरसको अवस्था पुनर्मूल्याङ्कन गरी नयाँ मिति घोषणा गरिनेछ ।

तपाईको प्रतिक्रिया