बर्दियाको बबई बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा एक जनाको मृत्यु

  जेठ १४, २०७७

बर्दिया, जेठ १४ : गुलरियाको बबई बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसेका एक जनाको मंगलबार राति मृत्यु भएको छ । गुलरिया नगरपालिका-९ का ५५ वर्षीय पुरुषको क्वारेन्टाइनमा मृत्यु भएको स्वास्थ्य अधिकृत सुनिल पाण्डेले जानकारी दिए ।

अछाममा मजदुरी गरी फर्केका १६ जनामध्ये ती पुरुष बबई क्याम्पसको क्वारेन्टाइनमा थिए । मंगलबार राति ८ बजे उनको मृत्यु भएपछि बबई क्याम्पस सिल गरिएको छ । उनको शव जिल्ला अस्पताल गुलरियामा ल्याई स्वाब संकलन गरी पठाउने तयारी भएको स्वास्थ्य अधिकृत पाण्डेले जनाए ।

उनीसँग आएका ४ जना आधारभूत विद्यालय खैरीको क्वारेन्टाइनमा छन् । अन्य १४ जनासहित २९ जना बबई बहुमुखी क्याम्सको क्वारेन्टाइनमा छन् । मृत्युको कारण अनुसन्धान भइरहेको प्रहरीलाई उद्धृत गर्दै इकान्तिपुर अनलाइनले जनाएको छ ।

तपाईको प्रतिक्रिया