मुम्बई, जेठ १३ : संयुक्त नेपाली महासंघ गोरेगाउ शाखाले मुम्बाईमा लकडाउनले अलपत्र परेका परिवारलाई राहत वितरण गरेको छ ।
मुम्बईको जोगेश्वरी पश्चिमको बेहरामबाग, प्रेमनगर, गोरेगाउपुर्ब लक्ष्मीनगर १ र २, गोरेगाउ पश्चिमको भगतसिंगनगर १, २ र ३ का ४० परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको हो ।
संयुक्त नेपाली महासंघले मुम्बईमा समस्यामा रहेका नेपालीका परिवारलाई निरन्तर राहत वितरण गर्दै आएको महासंघका अध्यक्ष भरत रावलले बताए ।
अध्यक्ष रावलका अनुसार नेपालीहरुमा समेत कोराना संक्रमण देखिएको छ । त्यस्तै केही नेपालीको मृत्यु समेत भइसकेको उनले बताए ।
शाखाका अध्यक्ष नेत्रलाल गैरे, केन्द्रीय नवनिर्वाचित अध्यक्ष देवेन्द्रविक्रम शाह, केन्द्रीय सल्लाहकार रवि भट्टराई, काशी पाण्डे, राम कार्की लगायतको उपस्थितिमा उक्त राहत वितरण गरिएको हो ।