नेशनल अस्पताल सिल गर्ने तयारी, घटनाको छानबिन हुने

  जेठ १२, २०७७

वीरगञ्ज , जेष्ठ १२ : मृत्य भएका आठ दिनपछि संक्रमण पुष्टि भएका र दाहसंस्कार गरिएका ७० वर्षिय वृद्धामा कोरोना कोरोना पोजेटीभ पाइए लगत्तै जिल्ला विपद व्यवस्थापनको वैठक बसी नेशनल अस्पताल सिल गर्ने सम्मको तयारी गरेको छ । साथै अन्य कन्ट्याक्ट ट्रेसिङको पनि काम गर्ने तयारी सुरु गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनुभयो ।

कोरोना आशंकामा स्वाब परीक्षण गरेर रिपोर्ट नै नआएको खण्डमा नेशनल मेडिकल कलेजले शव परिवारलाई दिएर गम्भीर लापरबाही गरेको स्थानीयको गुनासो छ । सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले पनि शव दिईनुले अस्पतालको कमजोरी देखिएको त्यस सम्बन्धमा छानबिन सुरु गरिएको बताउनुभयो ।

उता अस्पतालले आईसियू पियूरिफिकेसन गर्ने भन्दै वार्डमा रहेको २० बिरामीलाई अन्यत्र स्थानान्तरण गरी जेठ ९ गते देखि आईसियू वार्ड खाली राखेको छ । सोमबार देखि प्रहरीले अस्पतालमा बाहिरबाट अस्पताल भित्र कसैलाई पनि प्रवेश गर्न दिएको छैन । रिपोर्ट पोजिटिभ आएको खबर पाएलगत्तै मेडिकल कलेजमा बाहिरबाट मानिसलाई छिर्न नदिन मातहतका प्रहरीलाई जिल्ला प्रहरी कार्यालय पर्सा निर्देशन दिइसकेको बताईएको छ ।

मृतक वृद्धको उपचारमा संलग्न मेडिकल कलेजका स्वास्थ्यकर्मी र मृतकका परिवारका सदस्य, अन्त्येष्टिमा संलग्न सबैलाई तत्कालै क्वारेन्टाइनमा राख्न भनिएको र उनीहरुको स्वाब संकलन गरी परीक्षण गर्ने तयारी गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले बताउनु भयो ।

वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएका ७० वर्षीय चौधरी थरका पुरुषमा मृत्यु भएको ८ दिनपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जेठ २ गते अस्पतालमा उपचारका लागि भर्ना भएका उक्त पुरुषको जेठ ४ गते दिउँसो साढे २ बजे नै उपचारको क्रममा मृत्यु भएको र ४ बजे अन्त्यष्टिको लागि शव परिवारजनलाई जिम्मा लगाईएको थियो ।

नारायणी अस्पतालमा केमिकल अभावमा पिसिआर परीक्षण रोकिएको र ८ गते स्वाब परिक्षण गरिदा शस्कास्पद लागेपछि सुनिश्चितताका लगी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौंमा पठाईएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले बताउनुभयो ।

क्षयरोग, दम र निमोनियाबाट ग्रसित जनस्वास्थ्य कार्यालयको सेवानिवृत कर्मचारी ती ७० बर्षिय वृद्धलाई उनका परिवारजनले जेठ २ गते नेशनल मेडिकल कलेजको भेन्टिलेटरमा भर्ना गराएर उपचार सुरु गरेका थिए । आइसीयूमा भेन्टीलेटरमा राखेर उपचार शुरु गर्नुअघि स्वाब संकलन गरेर कोरोना परिक्षणका लागि नारायणी अस्पतालमा पठाइएको भएपनि कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते वृद्धको मृत्यु भएको थियो ।

बारा करैया गाउँपालिका वडा नं ७ का उपचारको क्रममा मृत्यु भएका उक्त ७० वर्षीय वृद्धको अन्तिम संस्कार गरिएको ६ दिनपछि कोरोना पोजेटिभ भएको रिपोर्ट आएपछि मृतकका छोराले अस्पतालले बुबाको शव दिएपछि आफूहरुले धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरेको बताउनु भयो । अस्पतालले भनेको भए रिर्पोट आईञ्जेल कुर्न सक्न्थ्यिो नि , अस्पतालका कारण घर परिवार , गाँऊटोल सबैतीर भाइरस संक्रमणको जोखिम बढ्यो चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया