काठमाडौं, जेठ १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । साँझ ५.३० बजे प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । सम्वोधनको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।
प्रधानमन्त्रीको सम्वोधनअघि मन्त्रिपरिषद्को बैठक पनि बस्दै छ । बैठकमा विदेशमा समस्यामा परेका नेपालीलाई ल्याउने विषयमा छलफल हुने बताईएको छ । यसै विषयमा छलफल गर्न आईतबार नै मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । तर, अन्तिम समयमा बैठक स्थगित भएको थियो । त्यही बैठक सोमबार साँझ ५ बजे बस्ने भएको हो ।