कोरोना पुष्टि भएपछि क्वारेन्टाइनमा रहेका नौ जना विशेष निगरानीमा

  जेठ १२, २०७७

अछाम, जेठ १२ : भारतबाट अछाम फर्कने बेला परीक्षणका क्रममा धनगढीमा कोरोना संक्रमण पुष्टि भएका मेल्लेख गाउँपालिकाका एक युवासँगै गाउँको क्वारेन्टाइनमा रहेकानौ जनालाई विशेष निगरानीमा राखिएको छ ।

मेल्लेख गाउँपालिका–४ कुष्कोटस्थित आदर्श आधारभूत र बासुकी माविमा गाउँकै विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको बताइएको छ । भारतको नयाँदिल्लीबाट ११ जनासहितको टोली मोटरमा गएको बिहीबार गौरीफन्टा पुगेको थियो ।

सीमानाकामा परीक्षण आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछि सेती अस्पतालको आइसोलेशनमा राखिएको थियो । उनको आइतबार आइतबार पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टिभएर धनगढीमै उपचाररत रहेका छन् । आइसोलेशनमा राखिएका युवा र उनकी श्रीमती बाहेक बिहीबार नै घर (मेल्लेख गाउँपालिका–४ कुष्कोट) आइसकेकाथिए । ती युवाकी श्रीमतीमा भने आरडिटी परीक्षण नेगेटिभ आएपनिउनी धनगढीमै रहेको बताइएको छ ।

भारतबाट आएका नौ जना गाउँमा पुगेपछि मेल्लेख गाउँपालिका–४ ले अन्य ५० जनासँगै चार दिनसम्म एउटै क्वारेन्टाइनमा राखिएको वडा अध्यक्ष वीरबहादुर साउँदको भनाइ छ ।“बासुकी माविको पाँच कोठामा ५० जनासंगै थिए ।” वडा अध्यक्ष साउँदको भनाइ छ । नौ जनामध्येमा वडाले दुई जनालाई आदर्श आधारभूत विद्यालयमा सारेको बताइएको छ ।“विद्यालय बाहेक गाउँमा अरु राख्ने कुनै ठाउँ हुँदैन, खानबस्न सबैसँगै छ ।” वडा अध्यक्ष साउँदले भन्नुभयो ।

साथमा आएकोलाई कोरोनाभएको थाहा पाएपछि आफू भन्दा गर्भवती श्रीमतीमा चिन्ता भएको क्वारेन्टाइनमा रहेका नैनसिंहको भनाइ रहेको छ । उक्त वडाको आदर्श आभारभूत विद्यालयमा ३४ जना, मालिका आधारभूत विद्यालयमा १४ जना, गाउँमाण्डौ माविमा १९ जना र सरस्वती आधारभूत विद्यालयमा पाँच जना क्वारेन्टाइनमा रहेको बताइएको छ ।

कोरोना संक्रमण पुष्टि भएका युवासँगै आएर क्वारेन्टाइनमा रहेका व्यक्तिमा स्वास्थ्य परीक्षणमा स्वास्थ्य कार्यालय र वयलपाटा अस्पतालसँग समन्वय भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिक्मत बुढाको भनाइ छ । सबै जनाको स्वाव संकलनगर्न सम्भव नभएपनि केहीको पिसिआर आउँदो शुक्रबारसम्म परीक्षण गर्न समन्वय भइरहेको अधिकृत बुढाले जानकारी दिनुभयो ।

मेल्लेख गाउँपालिकाका आठ हजार मानिस बाहिर रहेकोले कम्तिमा ५० प्रतिशतभित्रन सक्ने भन्दै व्यवस्थापनमा चुनौती रहेको गाउँपालिकाले जानकारी दिएको छ । विद्यालय, सार्वजनिक भवन क्वारेन्टाइन बनाउन अपुग भएमा खाली रहेका निजी घर समेत प्रयोगमा ल्याइने योजना गाउँपालिकाले बनाएको छ । भारतमा रेल सेवा खुला भएसँगै अछाममा भारत लगायत कोरोना संक्रमति जिल्लाबाट आएका व्यक्तिबाट संक्रमण फैलने जिल्लामा त्रास फैलिरहेको छ ।

तपाईको प्रतिक्रिया