थप नौ जनामा काेराेना संक्रमण, कुल संक्रमित संख्या ५ सय १६ पुग्यो

  जेठ ०९, २०७७

काठमाडौँ, जेठ ९ : नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने नौ जना नयाँ बिरामी थपिएका छन् । नयाँ थपिएसँगै कुल सङ्क्रमित हुनेको सङ्ख्या ५ सय १६ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बारामा ६ जना र भक्तपुर,मकवानपुर र सप्तरीमा एक/एक जना संक्रमित थपिएका हुन् ।

बाराका संक्रमितहरुको उमेर २२ देखि ४५ वर्षसम्मको छ । उनीहरु सबै सिमरौनगढ नगरपालिकाका बासिन्दा हुन् ।

शुक्रबार मात्रै ५९ जना नयाँ संक्रमित थपिएका हुन् । यस्तै २१ जना निको भएका छन् ।

हालसम्म निको भएकाहरुको संख्या ७० पुगेको छ ।

तपाईको प्रतिक्रिया