विश्वभर संक्रमित ५१ लाख बढी, ३ लाख २९ हजारको मृत्यु

  जेठ ०८, २०७७

जेनेभा, जेठ ८ : कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २९ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या ५० लाख नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा एक लाख ४७४ जना नयाँ सङ्क्रमित भेटिएका छन् । यसअघि अघिल्लो २४ घण्टामा विश्वमा ९४ हजार ८१३ जना नयाँ सङ्क्रमित भेटिएका थिए । विगत २४ घण्टामा विश्वभर ४ हजार ६८५ जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४५ हजार ७९६ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २६ लाख ९० हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।

युरोपेली मुलुकहरूमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३५ हजार ७०४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ४०३ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल सङ्ख्या ९४ हजार ९३६ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्स लगायतका मुलुकमा मृतकको सङ्ख्या ३० हजारको हाराहारीमा छ । हालसम्म इटालीमा ३२ हजार ३३०, फ्रान्समा २८ हजार १३२, स्पेनमा २७ हजार ८८८, बेल्जियममा ९ हजार १५०, जर्मनीमा ८ हजार २७० र नेदरल्यान्ड्मा ५ हजार ७४८ जनाको मृत्यु भएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १८ हजार ८९४ काे मृत्यु भएकाे छ । इरानमा ७ हजार १८३, मेक्सिकोमा ६ हजार, क्यानाडामा ६ हजार, चीनमा ४ हजार ६३४ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति

विश्वभर    कूल संक्रमितनिको भएकाकूल मृत्यु
५१,००,९१२२०,२६,१९९३,२९,८९६
क्र.सं.महादेशकूल संक्रमितनिको भएकाकूल मृत्यु
१.युरोप         १८,४०,११२८,२१,५३६ १,६५,९५३
२.उत्तर अमेरिका१७,६५,७२०४,६८,३१९ १,०८,२५३
३.एसिया      ८,६७,७४१५,०१,७८३ २५,८९९
४.दक्षिण अमेरिका५,२०,५२६ १,९३,७५१ २६,६३५
५.अफ्रिका    ९७,४०४   ३९,४२५   ३,०२०
६.ओसेनिया(अस्ट्रेलिया)८,६८८८,०२३      १२१

दक्षिण एसियाली मुलुकहरु                

१.भारत       १,१२,४४२४५,४२२३,४३८
२.पाकिस्तान  ४८,०९११४,१५५१,०१७
३.बंगलादेश   २६,७३८५,२०७३८६
४.अफगानिस्तान८,६७६९३८ १९३
५.श्रीलंका      १,०२८६०४
६.माल्दिभ्स  १,१८६९१   
७.नेपाल       ४४४४५  
८.भुटान       २१    ६    

तपाईको प्रतिक्रिया