टेकु अस्पतालबाट उपचाररत चार जना संक्रमित डिस्चार्ज

  जेठ ०८, २०७७

काठमाडौं, जेठ ८ : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका चार जना बिहीबार डिस्चार्ज भएका छन् । एक साताअघि भर्ना भएका काठमाडौंका २, भक्तपुरका २ जना संक्रमित उपचारपछि घर फर्केका हुन् ।

भक्तपुर दुवाकोटका पुरुष, ठिमीकी महिला, कन्चनपुरबाट आएकी महिलामा कोरोना देखिएको थियो । २४ घण्टाको फरकमा दुई पटक स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको अस्पतालका निर्देशक सागर राजभण्डारीले बताए ।

तपाईको प्रतिक्रिया