अतिक्रमित भूमि छाड्न विश्व प्रजातन्त्रिक युवा सङ्घको माग

  जेठ ०७, २०७७

काठमाडौँ, जेठ ७ : विश्व प्रजातान्त्रिक युवा सङ्घ (डब्लुएफडीवाई) ले नेपालको अतिक्रमित भूमि भारतले तत्काल छाड्नुपर्नेमा जोड दिएको छ । भारतले नेपालको भूमि मिचेर सडक बनाएको निश्कर्ष निकाल्दै सङ्घले मिचिएको भूमि नेपालले नै पाउनुपर्ने बताएको छ ।

सङ्घको अन्तर्राष्ट्रिय समितिमा छलफल भएपछि सङ्घले नेपालको पक्षमा उभिने निर्णय गरेको डब्लुएफडीवाईका अन्तर्राष्ट्रिय उपाध्यक्ष सुन्दर भुसालले जानकारी दिनुभयो । भारतले भूमि फिर्ता गर्ने पहल नगरे राष्ट्रसङ्घमार्फत दबाब दिन लगाउने निर्णय पनि सङ्घले गरेको छ ।

सङ्घले भारत सरकारलाई तत्काल समस्या समाधान गर्न पनि आग्रह गरेको छ । सन् १८१६ को सुगौली सन्धि स्मरण गराउँदै सङ्घले दुई देशबीचको सीमा तनाव तत्काल अन्त्य गर्न माग गरेको छ ।

तपाईको प्रतिक्रिया