जनतामा चेतनास्तर विकास गर्न नसक्दा समस्या भयावह हुने खतरा : प्रधानमन्त्री

  जेठ ०६, २०७७

काठमाडौं, जेठ ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वनै कोरोनाको तयारीमा जुट्न नसकेको बताउनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदकाे संयुक्त बैठकमा आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको उत्तर दिदै सरकारले ९७ हजार नागरिकलाई क्वारेनटाइनमा राख्न सक्ने बताउनु भएको छ । उहाँले त्यो मध्ये २३ हजार क्वारेनटाइन सुविधायुक्त रहेको बताउनु भएको हो ।

उहाँले बाँकी सबै क्वारेनटाइनको सुविधा विस्तार गर्न सकिने बताउनु भएको हो । उहाँले उहाँले ३९६ जनालाई आइसोलेशनमा राखेर उपचार गरेको र नेपालभरमा तीन हजारभन्दा धेरैलाई एकै पटक आइशोलेशनमा राखेर उपचार गर्न सकिने बताउनु भएको हो । उहाँले नेपाललाई कोरोनामुक्त देश बनाउने अभियानमा बाहिरबाट आएका नागरिकको कारणले सफलता हात पार्न नसकेको बताउनुभयो ।

जनतालाई चेतनास्तर विकास गर्न नसकेर समस्या भयावह अवस्थामा पुग्ने खतरा बढेको उहाँले बताउनु भयो । क्वारेनटाइनको निक्कै महत्व रहेको छ । हामीले केही संख्यामा कोरोना देखिने वितिक्कै लकडाउन गरेको बताउनुभयो । कोराना भित्र छिरेर राजनीति गर्न खोज्ने, कोरोनाको नियन्त्रण भन्दा पनि राजनिती गर्न खोज्ने बाहेक जनतावाट व्यापक सहयोग पाएका छौ । उहाँले नेपाल र नेपालीहरु असहज र असामान्य अवस्थामा रहेको बताउनुभयो ।

उहाँले महामारी नेपालमा पनि प्रवेश गरेको छ । कोरोनाको कारणले दुई जनाको निधन भएकोमा दुख व्यक्त गर्नु भएको छ । हाम्रो प्रयास नेपालमा कोरोनाको कारणले कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने प्रयास विभिन्न कारणले सफल हुन नसकेको बताउनुभयो । उहाँले कोरोनाको कारण मृत्यु भएको परिवारमा समवेदना तथा संक्रमितको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । उहाँल काेराेना मुक्त नेपाल र काेरना मुक्त विश्व बनाउन सक्ने बताउनुभयाे ।

तपाईको प्रतिक्रिया