बाँकेमा ४७ सहित थप ५३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ३५७ पुग्यो

  जेठ ०५, २०७७

काठमाडौं, जेठ ५ : कोरोना भाइरस (कोभिड–१९)का थप ५३ जनालाई थप संक्रमण भएको छ । यो संक्रमणसँगै नेपालमा संक्रमित संख्या ३५७ पुगेको छ ।

सोमबार बाँकेमा थप ४७ सहित थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभएको हो ।

उहाँका अनुसार हालसम्म सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सङ्क्रमित सबैकाे कन्ट्याक्ट ट्रेसिङ भइरहेकाे मन्त्रालयले जनाएकाे छ । 

बाँके जिल्लामा ४६, धुलिखेलमा चार, मोरङ र भैरहवामा एक एकजनालाई संक्रमण भएको हो ।

बाँकेमा ४६ पुरुष र एक महिला, भैरहवामा परीक्षण गरिएकोमा गुल्मीका ४१ वर्षीय पुरुष र धुुलिखेलमा अस्पतालमा परीक्षण गरिएकोमा धनुषा, रौतहट, दाङ र धादिङका एक एक जना रहेको छ ।

सङ्क्रमितहरू १८ देखि ४६ वर्ष उमेर समूहका रहेका छन् । सङ्क्रमित ५३ मध्ये बाँकेमा एकजना महिलालाई पनि सङ्क्रमण भएको छ । यसअघि सोमबार बिहान रौतहटका ८ र बाराका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया