बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३ सय ५१ पुग्यो

  जेठ ०५, २०७७

काठमाडौं, जेठ ५ : बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १ सय ९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै नेपालमा कोरोना संक्रमित संख्या ३ सय ५१ पुगेको छ ।

तीमध्ये १ सय ९२ जनाको नेपालगञ्जस्थित भेरी प्रयोगशालामा भएको परीक्षणमा ४७ मा पोजिटिभ देखिएको छ । नरैनापुरको क्वारेन्टाइनमा रहेका एक २५ वर्षीय युवाको आइतबार बिहान मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया