थप १० जनामा कारोना संक्रमण, संक्रमित संख्या २ सय ९१ पुग्यो

  जेठ ०४, २०७७

काठमाडौं, जेठ ४ : पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप १० जानमाक संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमित संख्या २ सय ९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका क्रममा नयाँ १० जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।

आइतबार संक्रमण पुष्टि भएकाहरुमा रौतहटको राजपुर नगरपालिका र इशनाथ नगरपालिकाका रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले बताउनुभयो । यससँगै रौतहटमा मात्रै संक्रमितको संख्या १३ पुगेको छ ।

नयाँ सङ्क्रमितमा सबै रौतहटका पुरुष रहेका छन् । उहाँका अनुसार राजपुर नगरपालिका–९ फरहदवाका १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षीय पुरुष र इशनाथ नगरपालिका वडा नंं ३ र ५ का २८, ३० र ३३ वर्षीय पुरुष रहेका छन् ।

योसँगै सङ्क्रमितको सङ्ख्या २९१ पुगेको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य रहेको छ र उनीहरू स्वास्थ्यकर्मीका निगरानीमा रहेका छन् ।

हालसम्म पर्सामा ९१, कपिलवस्तुमा ४२, बाँकेमा ३३, उदयपुरमा ३३, रुपन्देहीमा २८, रौतहटमा १३, काठमाडौंमा ९, धनुषामा ५, कैलालीमा ४, बारा, चितवन, दाङ महोत्तरी र सर्लाहीमा ३/३ तथा बागलुङ, झापा, भक्तपुर र बर्दियामा २/२ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै भोजपुर, कञ्चनपुर र नवलपरासी पश्‍चिम, नवलपरासी पूर्व, मकवानपुर र सप्तरी, सिरहा, काभ्रेपलाञ्‍चोक, धादिङ र सिन्धुपाल्चोकमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा शनिबार पहिलोपटक कोभिड–१९ सङ्क्रमणबाट एक जनाको मृत्यु भएको थियो । अहिलेसम्म ३६ जना पूर्णरूपमा स्वस्थ्य भई घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया